close

आफ्नो एन्ड्रोइड फोनलाई यसरी बनाउनुहोस् कम्प्युटरको स्पिकर

टेकपाना टेकपाना

जेठ १५, २०८० ११:५२

आफ्नो एन्ड्रोइड फोनलाई यसरी बनाउनुहोस् कम्प्युटरको स्पिकर

काठमाडौं । पछिल्लो समय बजारमा आएका अधिकांश कम्प्युटरको मनिटरमा नै स्पिकर जडान गरिएको हुन्छ । यदि तपाईँ ल्यापटप प्रयोग गर्नुहुन्छ भने त्यसमा स्पिकर हुने नै भयो । तर, केही अवस्थामा हाम्रो ल्यापटपको स्पिकर बिग्रिएको हुनसक्छ भने मनिटरमा पनि स्पिकरको व्यवस्था नभएको हुनसक्छ । 

त्यस्तोमा तपाईँले अतिरिक्त स्पिकर खरिद गर्नुभन्दा आफ्नो एन्ड्रोइड फोनलाई नै स्पिकर बनाउन सक्नुहुन्छ । आज हामी तपाईँले प्रयोग गरिरहेको एन्ड्रोइड फोनलाई कम्प्युटरको मनिटर वा ल्यापटपको स्पिकर कसरी बनाउने भन्ने विषयमा जानकारी दिँदैछौँ ।

‘अडियोरिले’ एप प्रयोग गरेर यसरी फोनलाई वायरलेस स्पिकर बनाउनुहोस्:

अडियोरिले यस्तो अडियो स्ट्रिमिङ प्लेटफर्म हो, जसको सहायताले फोनलाई कम्प्युटरको वायरलेस स्पिकर बनाउन सकिन्छ । यस एपको प्रयोग गरेर तार जोडेर वा नजोडे पनि फोनलाई स्पिकरका रूपमा प्रयोग गर्न सकिन्छ । 

आफ्नो कम्प्युटरमा एन्ड्रोइड फोन लिङ्क गर्नका लागि तपाईंले सबैभन्दा पहिले कम्प्युटरमा अडियोरिले पीसी क्लाइन्ट एप इन्स्टल गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले स्पिकरका रूपमा प्रयोग गर्न चाहेको फोनमा एन्ड्रोइड एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

यो एप निःशुल्क प्रयोग गर्न सकिन्छ । तर, यसमा केही सीमितता भने छन् । निःशुल्क एप प्रयोग गर्दा भने तपाईंले सहजै एन्ड्रोइड फोनलाई स्पिकरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

सबैभन्दा पहिले कम्प्युटरमा विन्डोजका लागि यहाँ, म्याकका लागि यहाँ र लिनक्सका लागि यहाँ क्लिक गरेर एप इन्स्टल गर्न सक्नुहुन्छ ।   

त्यसपछि यहाँ क्लिक गरेर एन्ड्रोइडमा एप इन्स्टल गर्नुहोस् ।  

एप इन्स्टल गरिसकेपछि तलको प्रक्रिया अपनाउनुहोस्

कम्प्युटरमा एप इन्स्टल गरिसकेपछि तपाईंले तलको प्रक्रिया अपनाएर एन्ड्रोइड फोनलाई कम्प्युटरको स्पिकरका रूपमा लिङ्क गर्न सक्नुहुन्छ: 

-   सबैभन्दा पहिले कम्प्युटर र एन्ड्रोइड फोनलाई एउटै वाइ-फाइ नेटवर्कमा कनेक्ट गर्नुहोस् ।

-   त्यसपछि यहाँ क्लिक गरी विन्डोजका लागि अडियोरिलेको एप डाउनलोड गर्नुहोस् ।

-   एप डाउनलोड भइसकेपछि उक्त एपको फाइल क्लिक गरी नेक्स्टको अप्सन छानी उक्त डिभाइसमा इन्स्टल गर्नुहोस् ।

-   त्यसपछि यहाँ क्लिक एन्ड्रोइड फोनमा पनि उक्त एप इन्स्टल गर्नुहोस् ।

- अनि एन्ड्रोइड डिभाइसमा सो एप खोल्नुहोस् । यस एपलाई कुनै किसिमको अनुमति दिनुपर्दैन । सोझै (Get Started) मा ट्याप गरी एप खोल्नुहोस् ।

-अनि होम स्क्रिनमा देखिएको कम्प्युटरको नामको अप्सनमा ट्याप गर्नुहोस् । यति गर्नुभयो भने तपाईंको एन्ड्रोइड डिभाइस कम्प्युटरको स्पिकरको काम गर्न सक्छ । 

याद गर्नुहोस् कम्प्युटरमा म्युजिक बजाउँदा कम्प्युटरमा पनि अनि डिभाइसमा पनि बजिरहेको हुन्छ । त्यस्तोमा मोबाइल एपबाटै म्युट पीसीको बटनमा ट्याप गरेर वा कम्प्युटरको अडियोलाई म्युट गरेर प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै इन्टरनेटको समस्या छ भने यूएसबी केबल प्रयोग गरेर पनि आफ्नो एन्ड्रोइड फोनलाई कम्प्युटरको स्पिकरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ । 


 

 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० ११:५२