close

त्रिविले प्रकाशन गर्ने ‘जर्नल आर्टिकल’ मा कम्प्युटर विज्ञानका सबैभन्दा कम

टेकपाना टेकपाना

जेठ १५, २०८० १३:०

त्रिविले प्रकाशन गर्ने ‘जर्नल आर्टिकल’ मा कम्प्युटर विज्ञानका सबैभन्दा कम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कम्प्युटर विज्ञानमा सबैभन्दा कम अनुसन्धानात्मक लेख प्रकाशन गरेको पाइएको छ । त्रिवि विज्ञान तथा प्रविधि सङ्कायका डीन प्राध्यापक डा. विनिल अर्यालले फेसबुकमा एक पोस्ट गर्दै यो तथ्य सार्वजनिक गरेका हुन् ।

त्रिविका शिक्षक तथा विद्यार्थीले विगत २५ वर्षमा (सन् १९९८ देखि २०२२ सम्म) विभिन्न जर्नलमा प्रकाशन गरेका लेखहरूको तथ्याङ्क सङ्कलन गरेर सो तथ्य निकालेका हुन् । यसका लागि उनले गुगल स्कलरको डेटा प्रयोग गरेका थिए ।

सो तथ्याङ्कले विगत २५ वर्षमा त्रिविले एक लाख दुई हजार १३ अनुसन्धानात्मक लेख प्रकाशन गरेको देखाएको छ । जसमा कम्प्युटर विज्ञानको एक प्रतिशत अर्थात् ८८२ ओटा मात्र लेख प्रकाशन भएको देखिएको छ ।

त्यस्तै इन्जिनियरिङ सम्बन्धी चार प्रतिशत अर्थात् ३९०९ लेख प्रकाशन भएको छ ।

जैविक विज्ञान, भौतिक विज्ञान र चिकित्सा विज्ञानमा धेरै लेख प्रकाशन सो तथ्याङ्कमा देखिएको छ । यी विषयमा कूल संख्याको क्रमश: २७ प्रतिशत, २१ प्रतिशत र १९ प्रतिशत लेख प्रकाशन भएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १४:९