close

हरित ऊर्जा प्रवर्द्धनका लागि सरकारले छुट्यायो १ अर्ब ७४ करोड बजेट

टेकपाना टेकपाना

जेठ १५, २०८० १९:२२

हरित ऊर्जा प्रवर्द्धनका लागि सरकारले छुट्यायो १ अर्ब ७४ करोड बजेट

काठमाडौं । सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धनका लागि एक अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले वैकल्पिक उर्जा प्रवर्द्धनका लागि याे रकम विनियोजन गरेका हुन् । 

सन् २०४५ भित्र खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न परम्परागत ऊर्जा एवम् आयातित इन्धनलाई निरुत्साहित गरी हरित ऊर्जा उपयोग र प्रवर्दनमा जोड दिइने उनले बताए ।

“वायोग्यास, वायोडिजेल, सौर्य ऊर्जा, विद्युतीय चुलो, सुधारिएको चुलो लगायत स्वच्छ एवम् किफायती प्रविधि प्रवर्द्धन गरी स्वच्छ ऊर्जा प्रविधि प्रयोगलाई प्रोत्साहन गरिनेछ,” उनले भने ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १९:२२