close

अब निजी क्षेत्रले समेत विद्युत व्यापार गर्न पाउने

टेकपाना टेकपाना

जेठ १५, २०८० १९:१४

अब निजी क्षेत्रले समेत विद्युत व्यापार गर्न पाउने

काठमाडौं । अब निजी क्षेत्रले समेत विद्युत व्यापार गर्न पाउने भएकाे छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो याेजना अघि सारेका छन् । यसका लागि कानूनी व्यवस्था मिलाइने उनले जानकारी दिए । 

त्यस्तै नेपाल विद्युत प्राधिकरणको पुनःसंरचनाको कार्य पनि अगाडि बढ्ने भएकाे छ । साथै आन्तरिक तथा अन्तरदेशीय प्रसारण लाइन तथा वितरण प्रणाली सुधार तथा विस्तारका लागि अर्थमन्त्रीले ३८ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १९:१४