काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंक (mBank) मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु. १००० क्याशब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उद्धेश्यका साथ आइएमई पेले एमबैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु. १००० क्याशब्याक दिने भएको हो ।
सो क्याशब्याक अफरअन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले रु. १००० क्याशब्याक जित्न सक्नेछन् । क्याशब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने बताइएकाे छ ।
यो क्याशब्याक अफर केही समयावधिका लागि मात्र लागू हुनेछ । केही समययता आइएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्धेश्यका साथ यो सम्झौता भएको थियो ।
सो सम्झौतापत्र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका थिए ।