close

प्रधानमन्त्रीको भारत भ्रमणकै दिन परराष्ट्र मन्त्रालयको वेबसाइट डाउन

टेकपाना टेकपाना

जेठ १७, २०८० ११:५७

प्रधानमन्त्रीको भारत भ्रमणकै दिन परराष्ट्र मन्त्रालयको वेबसाइट डाउन

काठमाडौं । परराष्ट्र मन्त्रालयको वेबसाइट डाउन भएको छ । बुधबार बिहान ११ बजेर २० मिनेटपछि मन्त्रालयको वेबसाइट डाउन भएको पाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज चार दिने औपचारिक भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री जानुअघि त्यसबारे सूचना सम्प्रेषण गर्ने परराष्ट्र मन्त्रालयको वेबसाइटमा भने समस्या देखिएको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सर्भर डाउन हुनाले समस्या आएको र समाधानका लागि पहल भइरहेकाे जानकारी दिएकी छन् ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८० १२:१४