close

फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क

टेकपाना टेकपाना

जेठ १८, २०८० ९:२५

फेरि विश्वकै धनी व्यक्ति बने एलन मस्क

काठमाडौं । एलन मस्क पुनः विश्वको सर्वाधिक धनी व्यक्ति बनेका छन् ।

ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार टेस्ला तथा स्पेसएक्सका मालिक मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पाँच अर्ब डलर बढीले पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन् ।

अर्बपतिको शीर्ष स्थानमा रहेका मस्कको कुल सम्पत्ति १९२ अर्ब डलर छ भने फेसन ब्रान्ड लुई भितनका प्रमुख कार्यकारी अधिकृत अर्नाल्टको सम्पत्ति १८७ अर्ब डलर छ । 

अर्नाल्टले यसअघि डिसेम्बरमा मस्कलाई पछि पार्दै सर्वाधिक धनीको सूचीको पहिलो स्थानमा आफूलाई उभ्याएका थिए । तर पछिल्लो समय कम्पनीको व्यापार खस्किँदा उनको सम्पत्तिमा पनि प्रत्यक्ष असर पुगेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८० ११:९