close

आउँदो साता विश्वभर सार्वजनिक हुँदै साओमी १३ अल्ट्रा

टेकपाना टेकपाना

जेठ १९, २०८० ११:८

आउँदो साता विश्वभर सार्वजनिक हुँदै साओमी १३ अल्ट्रा

काठमाडौं । चिनियाँ बजारमा सार्वजनिक भएको साओमीको नयाँ स्मार्टफोन 'साओमी १३ अल्ट्रा' विश्वबजारमा भने आउँदो साता सार्वजनिक हुने भएको छ । कम्पनीले आफ्नो साइटमा एक पोस्ट गर्दै मोबाइल सार्वजनिक हुने मितिको घोषणा गरेको हो ।

यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.७२ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले उपलब्ध छ । एन्ड्रोइड १३ र मियूआई १४ मा आधारित यो फोनमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिएको छ ।

फोनमा ५००० एमएएचको ब्याट्री दिइएको छ जसले ९० वाटको वायर चार्जर र ५० वाटको वायरलेस चार्जिङ सपोर्ट गर्छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ । 

यसका साथै फोनमा ५० मेगापिक्सेलको अल्ट्रा-वाइड, ५ मेगापिक्सेलको टेलिफोटो क्यामेर र ५० मेगापिक्सेलको पेरिस्कोप लेन्स उपलब्ध छ । 

यो फोन १२ जीबी र्‍याम सहित २५६ जीबी स्टोरेज र १६ जीबी र्‍याममा ५१२ जीबी अथवा १ टीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । विश्वबजारको लागि भने कुन - कुन भेरियन्ट स्टोरेज   
          

पछिल्लो अध्यावधिक: जेठ १९, २०८० ११:८