close

६३६ रुपैयाँमा टेलिकमको एक महिनाभर अनलिमिटेड भ्वाइस र डेटा

टेकपाना टेकपाना

जेठ १९, २०८० १३:४४

६३६ रुपैयाँमा टेलिकमको एक महिनाभर अनलिमिटेड भ्वाइस र डेटा

काठमाडाैं । नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डेटा पोस्टपेड–६३६’ प्याकेजलाई परिमार्जन गरेकाे छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर अन्तर्गत रु. ६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ ।

यस अफरमा अन नेट १५० ओटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध छ ।

त्यसैगरी पहिले प्रत्येक दिन ३०० एमबी डेटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जीबी डेटा उपलब्ध हुनेछ ।

पहिले सो ३०० एमबी डेटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकता बमोजिम ९ जीबी डेटा जतिबेर पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएकाे छ ।

यो डेटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्नेछन् । सजिलो अनलिमिटेड भ्वाइस एन्ड डेटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2#  डायल गर्नुपर्ने छ ।

साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेन्टल प्याकेज अन्तर्गत पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । यस अफरबाट ग्राहकले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८० १४:१०