close

नेपाली बजारमा रियलमीको सस्तो गेमिङ फोन ‘नार्जो एन५५’ सार्वजनिक

टेकपाना टेकपाना

जेठ १९, २०८० १७:१२

नेपाली बजारमा रियलमीको सस्तो गेमिङ फोन ‘नार्जो एन५५’ सार्वजनिक

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ‘नार्जो एन’ सिरिज सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले याे सिरिज अन्तर्गत 'नार्जो एन५५' गेमिङ फाेन सार्वजनिक गरेकाे हाे ।

याे माेडेलमा आईफोन १४ प्रोमा उपलब्ध भएको डाइनामिक आईल्यान्ड जस्तो मिनी क्याप्सुल फिचर दिइएकाे छ । ९० हर्ज रिफ्रेशरेट भएको फोनमा ६.७२ इन्च आईपीएस एलसीडी उपलब्ध गराइएको छ ।

एन्ड्रोइड १३ र रियलमी यूआई ४.० मा आधारित यो मोडेल मिडियाटेक हेलियो जी८८ (१२ एनएम) प्रोसेसरद्वारा सञ्चालित छ ।

डुअल क्यामेरा रहेको फाेनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । ​सेल्फी खिच्न रुचाउनेहरूका लागि यसमा ८ मेगापिक्सेलको क्यामेरा छ ।

फिङ्गरप्रिन्ट, एक्सेलेरोमिटर, प्रोक्सिमिटी तथा कम्पास जस्ता सेन्सर उपलब्ध भएको फाेनमा ५००० एमएएच क्षमताको ब्याट्री समावेश गरिएको छ ।

डिभाइसमा उपलब्ध गराइएको ३३ वाट सुपरभुक टाइप-सी चार्जरले फोनलाई २९ मिनेटमा ५० प्रतिशत र ६३ मिनेटमा फुल चार्ज गर्न सकिने कम्पनीको दाबी छ । 

४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य २० हजार ४९९ रुपैयाँ र ६ जीबी र्‍याम तथा १२८ जीबी र्‍याम भेरियन्टको मूल्य २४ हजार ४९९ रुपैयाँ राखिएको छ । 

यसमा १२ जीबीसम्मको भर्चुअल र्‍याम थप्न सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० १३:४४