close

भारतीय बेहुलाको पहिरनमा सजिएको एलन मस्कको एआई तस्वीर भाइरल, के भने उनले ?

टेकपाना टेकपाना

जेठ २०, २०८० २१:२४

भारतीय बेहुलाको पहिरनमा सजिएको एलन मस्कको एआई तस्वीर भाइरल, के भने उनले ?

काठमाडौं । यतिबेला भारतीय बेहुलाको पहिरनमा सजिएको एलन मस्कको तस्वीर भाइरल छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी सिर्जना गरिएको यो तस्वीरलाई सामाजिक सञ्जालमा लाखाैंले मन पराएका छन् ।

टेस्ला र स्पेसएक्सका मालिक मस्क आफैंले पनि  यो तस्वीरको प्रशंसा गरेका छन् । भारतको झण्डा राख्दै उनले ट्वीट गरेका छन्, ''आई लभ ईट' ।

मस्कले डिजिटल कलाकृतिमा आफ्नो प्रशंसा देखाउँदै उत्साहका साथ प्रतिक्रिया दिँदा उनको जेनेरेटिभ एआईप्रतिको सोच बदलिएको विश्लेषण गरिएको छ । यसअघि एआई च्याटबटका विषयमा उनी कठोर बन्ने गरेको समाचार बाहिरिएका थिए ।

भारतीय परम्परा झल्काउने याे कृत्रिम फाेटाेले सामाजिक सञ्जालमा छिनभरमै विश्वव्यापी प्रभाव पारेकाे छ । यसले एउटा तस्वीरले लाखौं मानिसहरूलाई कसरी मोहित पार्न सक्छ भनेर प्रमाणित गरिदिएकाे छ । साथै डिजिटल युगमा कला र प्रविधिको गतिलाे संयाेजन भएको भन्दै सामाजिक सञ्जालमा प्रशंसा गरिएकाे छ ।

 

A midjourney art of Elon Musk in an Indian attire is going viral in India. 🇮🇳 pic.twitter.com/LD1KuIAHET

— DogeDesigner (@cb_doge) June 3, 2023

🇮🇳 I love it! 🇮🇳

— Elon Musk (@elonmusk) June 3, 2023

पछिल्लो अध्यावधिक: जेठ २०, २०८० २१:३७