close

ब्लु चेकमार्क खरिद नगरेका प्रयोगकर्ताका लागि मेसेज फिचर सीमित गर्दै ट्वीटर

टेकपाना टेकपाना

जेठ ३०, २०८० ८:११

ब्लु चेकमार्क खरिद नगरेका प्रयोगकर्ताका लागि मेसेज फिचर सीमित गर्दै ट्वीटर

काठमाडौं । अब ट्वीटरले ब्लु चेकमार्क खरिद नगरेका प्रयोगकर्ताका लागि डाइरेक्ट मेसेज अथवा डीएमलाई सीमित गर्ने भएको छ ।

अहिले सबै प्रकारका प्रयोगकर्ताले ट्वीटरमा प्रतिदिन ५०० ओटा डीएम गर्न पाउँछन् । तर अब भने ब्लु चेकमार्क खरिद नगरेका प्रयोगकर्ताले सीमित संख्यामा मात्र डीएम गर्न पाउने व्यवस्था कम्पनीले ल्याउने तयारी गरिरहेको  छ ।

बाहिरिएको जानकारी अनुसार अब ब्लु सब्सक्राइबरले मात्र प्रतिदिन ५०० ओटा मेसेज पठाउन पाउनेछन् भने ब्लु टिक खरिद नगरेका प्रयोगकर्ताले प्रति दिन ३० ओटा मात्र मेसेज पठाउन पाउनेछन् । 

हाल कम्पनीले ब्लु सब्सक्राइबरका लागि विभिन्न फिचर उपलब्ध गराएको छ । ट्वीटरका ब्लु सब्सक्राइबरले ट्वीट एडिट गर्न, लामो ट्वीट लेख्न, ट्वीट पिन गर्ने लगायतका फिचर प्रयोग गर्न पाउँछन् । यसैमा कम्पनीले मेसेज फिचर पनि थप गर्न लागेको हो । 

कम्पनीले यस विषयमा औपचारिक जानकारी नदिए पनि यो फिचर अहिले परीक्षणको अवस्थामा रहेको बताइएको  छ ।  

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८० ८:११