close

अब ट्वीटमा २५ हजार क्यारेक्टर लामो पोस्ट गर्न सकिने

टेकपाना टेकपाना

असार १४, २०८० ९:१४

अब ट्वीटमा २५ हजार क्यारेक्टर लामो पोस्ट गर्न सकिने

काठमाडौं । अब ट्वीटरमा २५ हजार क्यारेक्टर भएका ट्वीट गर्न सकिने भएको छ । ट्वीटर राइट ह्यान्डलबाट गरिएको पोस्ट रिट्वीट गर्दै कम्पनीका मालिक एलन मस्कले यसको जानकारी दिएका हुन् ।

ट्वीटर राइटका अनुसार ट्वीटरले यो समेत गरी दुई नयाँ फिचर ल्याएको छ । जसमा ट्वीटर ब्लु खरिद गरेका प्रयोगकर्ताका लागि १० हजार क्यारेक्टर रहेको सीमा विस्तार गरी २५ हजार पुर्‍याइएको छ । साथै त्यसमा चार ओटा तस्वीर समेत समावेश गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असार १४, २०८० ९:१४