close

सोडियम आयोन ब्याट्री उत्पादन गर्ने फ्याक्ट्री बनाउँदै बीवाईडी

टेकपाना टेकपाना

जेठ ३०, २०८० १०:४

सोडियम आयोन ब्याट्री उत्पादन गर्ने फ्याक्ट्री बनाउँदै बीवाईडी

काठमाडौं । विश्वका ठूला विद्युतीय सवारी निर्माण कम्पनी मध्येको एक बीवाईडी विश्वका ठूला ब्याट्री उत्पादनकर्ता पनि हो । यो कम्पनीले हालै टेस्लाको मोडेल वाई कारको लागि आइरन फोसफेट ब्याट्री आपूर्ति गर्न सुरु गरेको छ । 

विद्युतीय सवारीको ब्याट्री उत्पादनलाई विस्तार गर्दै कम्पनीले अब सोडियम-आयोन ब्याट्री पनि उत्पादन गर्ने योजना बनाउँदैछ । बीवाईडी अन्तर्गतको फिनड्रिम्स नामक कम्पनीले हुवाइहाइ होल्डिङ ग्रुप नामक कम्पनीसँग जोइन्ट भेन्चरमा सोडियम आयोन ब्याट्री उत्पादन गर्न सम्झौता गरेको हो । 

यी दुई कम्पनीको सहकार्यमा साना विद्युतीय सवारीका लागि सोडियम आयोन ब्याट्री उत्पादन गरिने बताइएको छ । यो ब्याट्री तुलनात्मक रुपमा सस्तो हुने अनुमान गरिएको छ ।                        

यस विषयमा विस्तृत जानकारी भने आउन बाँकी नै छ । 

 
        

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८० १०:५