close

साओमीका यी फोनले पाउने छैनन् मीयूआई १५ को अपडेट

टेकपाना टेकपाना

असार ३, २०८० १२:१०

साओमीका यी फोनले पाउने छैनन् मीयूआई १५ को अपडेट

काठमाडौं । साओमीको युजर इन्टरफेस (मीयूआई) आगामी नोभेम्बरमा सार्वजनिक हुने भएको छ । कम्पनीले यो अपडेट कहिले सार्वजनिक गर्छ भन्ने विषयमा औपचारिक घोषणा भने भइसकेको छैन ।

तर कुन कुन डिभाइसले नयाँ अपडेट पाउन अनि कुन डिभाइसले नपाउने भन्ने विषयमा केही जानकारी बाहिरिएको छ । 

मीयूआई १५ सपोर्ट गर्ने डिभाइसहरू

मीयूआई १५ सपोर्ट हुने सम्भावना भएका थुप्रै डिभाइसहरू छन् । मीयूआ‌ई १५ अपडेट सपोर्ट हुनका लागि डिभाइसले केकस्ता मापदण्ड पूरा गर्नुपर्छ भन्ने स्पष्ट नभए पनि पछिल्लो समय कम्पनीले बजारमा ल्याएका फोनमा यो अपडेट उपलब्ध हुने अपेक्षा गरिएको छ । 

- मी १०/ मी १० प्रो/ मी १० अल्ट्रा/ मी १० एस

साओमीको फल्यागशिप फोन भएकाले मी १० सिरिजले प्राथमिकता साथ मीयूआई १५ अपडेट पाउनेछ । यी डिभाइस एन्ड्रोइड १३ द्वारा सञ्चालित छन् जसले गर्दा मीआई १५ अपडेट पाउने सम्भावना उच्च छ । 

- मी १० टी/ मी १० टी प्रो/ रेड्मी के३० एस/ रेड्मी के ३० प्रो/ पोको एफ टु प्रो

यी डिभाइसले मीयूआई १५ अपडेट नपाउने सम्भावना उच्च छ । यद्यपि यो पुष्टि भइसकेको भने छैन । यी डिभाइसले एन्ड्रोइड १२ मा आधारित मीयूआई १४ अपडेट पाइसकेका छन् । तर, अन्य एमआई डिभाइसले भने एन्ड्रोइड १३ मा आधारित मीयूआई अपडेट पाएका छन् । त्यसैले यी डिभाइसले मीयूआई अपडेट पाउने सम्भवना कम छ ।  

- पोको एक्सथ्री/ पोको एक्स थ्री एनएफसी

रेड्मी नोट १० प्रो, रेड्मी नोट १२ प्रो फोरजी र एमआई ११ लाइटले त्यही प्रोसेसर प्रयोग गरेका छन् जसमा पोको एक्सथ्री प्रयोग भएको छ । त्यसैले यी डिभाइसमा मीयूआई १५ अपडेट उपलब्ध हुने सम्भावना धेरै छ । 

- रेड्मी नोट १०/ रेडमी नोट १० लाइट

यी साओमीका चर्चित मिड-रेञ्ज फोन अन्तर्गत पर्ने गर्छन् । त्यसैले मीयूआई १५ अपडेटका लागि यी डिभाइस प्रमुख दाबेदार हुन् । यी डिभाइसले एन्ड्रोइड १३ अपडेट नपाएकाले मीयूआई १५ अपडेट उपलब्ध हुने सम्भावना कम छ । तर, फेरि यता १० सिरिज अन्तर्गत भएकाले यी डिभाइसले सो अपडेट पाउने सम्भवाना पनि धेरै छ । त्यसैले यी डिभाइसले पाउने र नपाउनेमा दोधार नै छ । 

- रेड्मी एवान/ रेड्मी ए वान प्लस/ पोको सी ४०/ पोको सी ५०

रेड्मी एवान, पोको सी ४०, पोको सी ५० बजेट फोन भएकाले संसारभर यी डिभाइसका प्रयोगकर्ता धेरै छन् । त्यसैले पनि यी डिभाइसले मीयूआई १५ अपडेट पाउने सम्भावना धेरै छ ।

- रेड्मी १० पावर/ रेड्मी १० सी/ रेड्मी १० ए/ रेड्मी १० इन्डिया

यी डिभाइस हालै सार्वजनिक भएकाले मीयूआई १५ अपडेट पाउन योग्य छन् । तर, यी डिभाइसले मीयूआई १४ पाएका थिएनन् । 

- रेड्मी नाइन प्रो/ रेड्मी नाइन म्याक्स/ रेड्मी नोट नाइन एस

यी डिभाइसमा मीयूआई १५ अपडेट उपलब्ध हुने सम्भावना ज्यादै कम छ । यदि रेड्मीको नोट १० लाइटले मीयूआई अपडेट पाएको अवस्थामा यी डिभाइसले पनि सो अपडेट पाउनेछन् । कम्पनीले माथि उल्लेख गरिएका डिभाइसमा सन् २०२३ सम्म सेक्युरिटी अपडेट र एन्ड्रोइड ११ अपडेट उपलब्ध गराउने प्रतिवद्धता दिएको छ । त्यसैले पनि यी डिभाइसले एन्ड्रोइड १२ अपडेट पाएका हुन् । तर, यूआईका सन्दर्भमा यी डिभाइसले अपडेट पाउने सम्भावना धेरै कम छ ।

मीयूआई १५ अपडेट सपोर्ट नहुने डिभाइसहरू

तल उल्लेख गरिएका डिभाइसमा मीयूआई १५ अपडेट उपलब्ध नहुने सम्भवाना उच्च छ । साओमीले नै यी डुभाइसमा अपडेट उपलब्ध नहुेन स्पष्ट पारिसकेको छ । 

- मी १० लाइट फाइभजी/ मी १० लाइट फाइभजी यूथ/ मी १० टी लाइट/ मी १० आई फाइभजी

मी १० लाइट फाइभजी, मी १० १ी लाइट र मी १० आई फाइभजी लगायतका डिभाइसले मीयूआई १५ अपडेट पाउने सम्भावना कम छ । यद्यपि कम्पनीले यसबारे आधिकारिक धारणा दिइसकेको भने छैन । अपडेट पाउन योग्य हुने वा नहुने भन्ने कुरालाई धेरै तत्त्वले प्रभाव पारेका हुन्छन् । यी डिभाइसमा हुने प्रोसेसर, चिपसेटलाई आधार मान्ने हो भने मीयूआई १५ अपडेट पाउने सम्भावना कम छ । 

- रेड्मी के ३०/ रेड्मी के ३० फाइभजी/ रेड्मी के ३० रेसिङ/ रेड्मी के ३० आई

के ३० सिरिज अन्तर्गतका रेड्मी के ३०, रेड्मी के ३० फाइभजी, रेड्मी के ३० रेसिङ र रेड्मी के ३० आई मीयूआई १५ अपडेटका लागि योग्य हुने सम्भावना कम छ । यता साओमीले भने आधिकारिक रूपमा नै यी डिभाइसहरू मीयूआई १५ का लागि उपयुक्त नभएको घोषणा गरिसकेको छ । त्यसैले यी डिभाइसका प्रयोगकर्ताले मीयूआई १५ प्रयोग गर्न पाउने छैनन् । 

- रेड्मी नोट नाइन/ रेड्मी नोट नाइन फाइभजी/ रेड्मी नोट नाइन टी

रेड्मी नोट नाइन सिरिज अन्तर्गतका रेड्मी नोट नाइन, रेड्मी नोट नाइन फाइभजी र रेड्मी नोट नाइन टीले मीयूआई १५ अपडेट पाउने छैनन् । यसमा भएका हार्डवेयर र पर्फमेन्सका कारण यी डिभाइसले मीयूआई सपोर्ट नगर्ने अपेक्षा गरिएको छ ।

- रेड्मी १० एक्स/ रेड्मी १० एक्स फाइभजी

रेड्मी १० एक्स र रेड्मी १० एक्स फाइभजीले पनि मीयूआई १५ अपडेट पाउने सम्भावना धेरै कम छ । 

- रेड्मी नाइन/ रेड्मी नाइनसी/ रेड्मी नाइन ए/ रेड्मी नाइन प्राइम/ रेड्मी नाइन आई/ रेड्मी नाइन पावर/ रेड्मी नाइन टी

रेड्मी नाइन सिरिज अन्तर्गतका रेड्मी नाइन, रेड्मी नाइन सी, रेड्मी नाइन ए, रेड्मी नाइन प्राइम, रेड्मी नाइन पावर र रेड्मी नाइन टीले मीयूआई १५ अपडेट पाउने छैनन् । यी डिभाइसमा प्रयोग भएका हार्डवेयरका कारण सो अपडेट उपलब्ध नहुने बताइएको छ । 

- पोको एम टु/ पोको एम टु प्रो/  पोको एम थ्री/ पोको एक्स टु

पोको एम टु, पोको एम टु प्रो, पोको एम थ्री र पोको एक्स टुले मीयूआई १५ अपडेट पाउने सम्भावना धेरै कम छ । यद्यपि साओमीले यी डिभाइसमा सो अपडेट हुने वा नहुने भन्नेबारे स्पष्ट धारणा दिइसकेको भने छैन । त्यस्तै पोको एक्स टु ईओएस लिस्टमा परेकाले मीयूआई १५ अपडेट पाउने सम्भावना ज्यादै न्यून छ ।

 

पछिल्लो अध्यावधिक: असार ३, २०८० १२:१०