close

नमस्ते पेको नयाँ अफर, दुई पटक कारोबार गर्दा ल्यापटप र स्कुटर जित्ने मौका

टेकपाना टेकपाना

असार ८, २०८० ८:४५

नमस्ते पेको नयाँ अफर, दुई पटक कारोबार गर्दा ल्यापटप र स्कुटर जित्ने मौका

काठमाडौं । नमस्ते पेले आफ्ना नयाँ तथा पुरानो सबै ग्राहकका लागि नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले हरेक भुक्तानीमा क्याशब्याक सहित बम्पर उपहारको रुपमा ल्यापटप तथा स्कुटर जित्ने मौका पाउनेछन् ।  

सहभागी प्रयोगकर्ताले मध्ये केहीले साप्ताहिक अफरको रुपमा  स्मार्टवाच, ट्राभल प्याकेज, उडानमा १००० प्रतिशत क्याशब्याक लगायतका उपहार जित्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताले कम्तीमा एक हप्तामा एउटा कारोबार गरे पुग्नेछ । अन्य उपहारका लागि भने दुई कारोबार गर्नुपर्नेछ । 

यस्तै दैनिक अफरमा भने प्रयोगकर्ताले ५०० रुपैयाँको वालेट ब्यालेन्स, एक जीबी डेटा प्याक र १०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सक्नेछन् । 

यस अफरमा सहभागी हुन प्रयोगकर्ताहरूले नमस्ते पे एप डाउनलोड र दर्ताका साथै केवाईसी पनि प्रमाणित गरेको हुनुपर्नेछ। 
 

पछिल्लो अध्यावधिक: असार ८, २०८० ८:४५