close

अब १९८ मा कल गरेरै नेपाल टेलिकमको एफटीटीएच इन्टरनेट जोड्न सकिने

टेकपाना टेकपाना

असार १०, २०८० १६:५१

अब १९८ मा कल गरेरै नेपाल टेलिकमको एफटीटीएच इन्टरनेट जोड्न सकिने

काठमाडौं । अब १९८ मा कल गरेरै नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) सेवा जडानका लागि अर्डर गर्न सकिने भएको छ । मुलुकभर एफटीटीएच सेवाको विस्तार तीब्र पारेको कम्पनीले यस्तो व्यवस्था मिलाएको हो ।

सेवाग्राहीको मागलाई मध्यनजर गर्दै यो सेवा उपलब्धताका विषयमा समेत १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देश पश्चात फेरि १ डायल गरी) निःशुल्क जानकारी लिन सकिनेछ । साथै सोही नम्बरमा उपलब्ध ग्राहक सेवा प्रतिनिधिमार्फत एफटीटीएच सेवा अर्डर तथा माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सोमबारदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीले यो सेवा प्रयोग गर्न सक्नेछन् । सेवा नपुगेका स्थानहरूमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच सेवा जडान गर्ने बताएको छ ।

ग्राहकको माग बमोजिम केही स्थानमा यो सेवाको पहुँच स्थापित गर्ने क्रम जारी रहेको समेत कम्पनीले जनाएको छ । नेटवर्क नभएका स्थानमा सम्भवभएसम्मपूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ ।

कम्पनीले एउटै एफटीटीएच मार्फत टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ । यसअघि यो सेवा लिन ग्राहकले कम्पनीकै कार्यालय धाउनु पर्ने बाध्यता रहेको थियो ।

पछिल्लो अध्यावधिक: असार १०, २०८० १६:५१