close

गृहमन्त्री लामिछाने र जीबी राईबारे सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

टेकपाना टेकपाना

बैशाख २०, २०८१ २०:२७

गृहमन्त्री लामिछाने र जीबी राईबारे सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत् गृहमन्त्री रवि लामिछाने र सहकारी प्रकरणमा फरार जीबी राईकाे विषयमा भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ४६ वर्षीय खनाललाई मंगलवार पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो ।

परिसरका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खनालले सामाजिक सञ्जालमार्फत् सहकारी प्रकरणमा फरार जीबी राईकाे हत्या भएको र साे हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भनी भ्रम फैलाएका थिए । 

यसअघि पनि सामाजिक सञ्जालमार्फत विभिन्न विषयमा विवादास्पद अभिव्यक्ति दिँदा खनाल पक्राउ परेका थिए ।

खनाल उपर थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट बिहीबार तीन दिनको म्याद थप गरिएको छ । 

 

 

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८१ २०:२७