close

हेटौंडामा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

टेकपाना टेकपाना

असार १०, २०८० १७:२९

हेटौंडामा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

काठमाडौं । हेटौंडा लगायतका क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । सोमबार दिउँसोदेखि उक्त क्षेत्रमा टेलिकमको मोबाइल लगायतको दूरसञ्चार सेवा ठप्प भएको हो ।

कम्पनीका सहप्रवक्ता परमात्मा भट्टराईले हेटौंडामा विद्युत प्राधिकरण र नेपाल टेलिकमको कार्यालय जोड्ने फाइबर चुँडिएका कारण सेवामा समस्या आएको अपुष्ट जानकारी प्राप्त भएको बताए । "हामी समस्याको बारेमा बुझ्ने प्रयासमै छौं," उनले भने ।

यद्यपि समस्याको यकिन कारण भने अझै खुल्न सकेको छैन । हेटौंडासँगै तराईंका विभिन्न जिल्ला र पूर्वी क्षेत्रमा समेत टेलिकमको सेवा प्रभावित भएको बताइएको छ । 

पछिल्लो अध्यावधिक: असार १०, २०८० १७:३३