close

एलन मस्क बने ‘एक्स’ मा १५ करोड बढी फलोअर हुने पहिलो व्यक्ति

टेकपाना टेकपाना

साउन १२, २०८० १२:४३

एलन मस्क बने ‘एक्स’ मा १५ करोड बढी फलोअर हुने पहिलो व्यक्ति

 

काठमाडौं । टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्क ‘एक्स’मा १५ करोड फलोअर हुने पहिलो व्यक्ति बनेका छन् । सोमबार औपचारिक रूपमा ट्वीटरलाई ‘एक्स’मा रिब्रान्ड गरेपछि मस्कको ‘एक्स’ ह्यान्डलमा शुक्रबार १५ करोड फलोअर पुगेका हुन् ।

यसअघि ट्वीटरका रूपमा परिचित एक्समा १० करोड बढी फलोअर हुने छ जना व्यक्तिहरू मात्र छन् । त्यसमा एलन मस्क सबैभन्दा बढी फलोअर हुने व्यक्ति हुन् । मस्कलाई पछ्याउँदै दोस्रो स्थानमा अमेरिकाका ४४ओं राष्ट्रपति बाराक ओबामा रहेका छन् । उनको एक्स ह्यान्डलमा अहिले १३ करोड २० लाख फलोअर छन् ।

त्यस्तै तेस्रो स्थानमा क्यानेडियन गायक जस्टिन बिबर रहेका छन् । उनको एक्स ह्यान्डलमा ११ करोड १९ लाख फलोअर छन् । जस्टिन एक्समा कम सक्रिय हुँदा उनका फलोअर लगातार घटेका छन् । गत अक्टोबरमा ११ करोड ३८ लाख फलोअर रहेकोमा आठ महिनामा २० लाख बढी फलोअर घटेका छन् ।

१० करोड ८० लाख फलोअरका साथ चौंथो स्थानमा पर्चुगलका स्टार फुटबलर क्रिश्चियानो रोनाल्डो छन् । 

यसैगरी सर्वाधिक बढी फलोअर हुने व्यक्तिको पाँचौं अङ्कमा छिन्, बार्बाडोसकी गायीका रिहन्ना । उनको एक्स ह्यान्डलमा १० करोड ८२ लाख फलोअर रहेका छन् ।

त्यसै एक्समा १० करोड बढी फलोअर हुने अन्तिम व्यक्ति हुन्, अमेरिकाकी गायिका क्याटी पेर्री । उनी १० करोड ७२ लाख फलोअरका साथ छैटौं स्थानमा छिन् । 

गत अक्टोबरमा ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्दा एलन मस्कको ट्वीटर अकाउन्टमा ११ करोड २० लाख फलोअर पुगेका थिए । करिब आठ महिनाको अवधिमा मस्कको ट्वीटर अकाउन्टमा चार साढे तीन करोड बढी फलोअर थपिएका छन् । मस्कले हालै ट्वीटरलाई एक्समा रिब्रान्ड गरिसकेपछि ट्वीटर शब्द विस्थापित भइसकेको छ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८० १२:४३