close

आईटी पढ्न चाहने १०० विद्यार्थीलाई छात्रवृत्ति दिँदै सनवे कलेज

टेकपाना टेकपाना

भदौ २२, २०८० १३:४६

आईटी पढ्न चाहने १०० विद्यार्थीलाई छात्रवृत्ति दिँदै सनवे कलेज

 

काठमाडौं । स्नातक तहमा भर्ना हुन आउने एक सय विद्यार्थीलाई सनवे कलेजले छात्रवृत्ति दिने भएको छ । सफ्टएड समूह अन्तर्गतको यो कलेजले आफ्नो अर्को सहायक कम्पनी डिजी स्कुलसँग सहकार्य गरेर छात्रवृत्ति दिन लागेको हो ।

कलेजका अनुसार डिजी स्कुलसँग जोडिएका १०० बढी विद्यालयबाट हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरू छात्रवृत्ति कार्यक्रममा सहभागी हुन पाउनेछन् । विद्यार्थीहरूले चार वर्षे बीएससी (अनर) कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स कोर्षका लागि यस्ताे अवसर पाउनेछन् ।

कलेजका हेड अफ अपरेसन सिमोली गौतम देसाईका अनुसार कक्षा १२ मा न्यूनतम ३.८ जीपीए ल्याएका दुई विद्यार्थीहरूले पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् । त्यस्तै न्यूनतम ३.५ जीपीए ल्याएका १० विद्यार्थीहरूले ५० प्रतिशत र न्यूनतम ३.० जीपीए ल्याएका ८८ विद्यार्थीहरूले ३० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।

कलेजको यो छात्रवृत्ति पाउन यहाँ क्लिक गरी फाराम भर्नुपर्छ ।

फाराम भरेका योग्य विद्यार्थीहरूलाई कलेज स्वयंले अन्तर्वार्ताका लागि बोलाउने देसाईले बताइन् । त्यस्तै इच्छुक विद्यार्थीहरूले छात्रवृत्ति पाउन भदौ ३१ भित्र फारम भरी सक्नुपर्ने छ । 

बेलायतस्थित बर्मिङ्घम सिटी युनिभर्सिटी (बीसीयू) बाट सम्बन्धन प्राप्त गरेर कलेजले बीएससी (अनर) कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स कोर्ष सञ्चालन गरिरहेको छ । हाल वर्षमा दुई इन्टेक गरी (प्रति इन्टेक १५० विद्यार्थी) कलेजले कूल ३०० विद्यार्थी भर्ना लिने गरेको छ ।

सन् २०१० बाट सञ्चालनमा आएकाे कलेजले यस कोर्षको नियमित शुल्क भने दश लाख ३० हजार रुपैयाँ राखेको छ ।

पछिल्लो अध्यावधिक: भदौ २२, २०८० १३:४६