close

दर्ता नभएरै इनड्राइभ नेपालमा कसरी सञ्चालन भइरहेको छ ?

टेकपाना टेकपाना

भदौ २८, २०८० ६:३१

दर्ता नभएरै इनड्राइभ नेपालमा कसरी सञ्चालन भइरहेको छ ?

 

काठमाडौं । राइड हेलिङ प्लेटफर्म इनड्राइभ नेपालमा औपचारिक रूपमा दर्ता भइसकेको छैन । तर पनि इनड्राइभको सेवा सञ्चालनमा आइरहेको छ । हाल कम्पनीले प्लेटफर्म मात्र उपलब्ध गराएर सेवा दिइरहेको छ भने अन्य देशमा जस्तो राइडरबाट कमिसन लिएको छैन । यसको एक मात्र कारण हो, कम्पनी दर्ता हुन नसक्नु ।

हाल दर्ताको प्रक्रियामा रहेको कम्पनीले व्यवसाय नगरी सेवा मात्र दिइरहेको इनड्राइभका लागि एसियाका निर्देशक रोमन ईमोर्शिनले बताए । “हामी कम्पनी दर्ता गर्ने प्रक्रियाको निकै नजिक छौं,” इमोर्शनले टेकपानासँग कुरा गर्दै भने, “अहिले सरकारी निकाय र अधिकारीहरूसँग विभिन्न तवरबाट छलफल गरिरहेका छौं । छिटोभन्दा छिटो  दर्ता प्रक्रिया सम्पन्न गर्न पहल गरिरहेका छौं ।”

हाल प्लेटफर्म मात्र उपलब्ध गराएको र नेपालबाट एक सुक्को आम्दानी नभएको इमोर्शिनले सुनाए । कम्पनी दर्ता भइसकेपछि राइडरबाट अन्य प्लेटफर्मभन्दा दुईदेखि तीन प्रतिशत कम कमिसन लिएर व्यावसायिक रूपमा सञ्चालन गर्ने इनड्राइभको योजना गरेको उनले सुनाए ।

इमोर्शिनका अनुसार सम्भवतः यो वर्षको अन्ततिर सरकारले इनड्राइभलाई आधिकारिक रूपमा दर्ता गरिसक्छ । “हामी औपाचरिक रूपमा दर्ता भयौं भने सरकारलाई कर तिर्छौं । कार्यालय स्थापना गर्छौं । व्यवसाय लगायत हामीले गर्नुपर्ने काम गर्छौं,” उनले थपे ।

पछिल्लो अध्यावधिक: भदौ २८, २०८० ६:३१