close

यसरी प्रयोग गर्नुहोस् नास्टको ई-लाइब्रेरी

टेकपाना टेकपाना

असोज १, २०८० ११:३१

यसरी प्रयोग गर्नुहोस् नास्टको ई-लाइब्रेरी

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले  अध्ययनलाई सजिलो बनाउन ई-लाइब्रेरी सञ्चालनमा ल्याएको छ । विज्ञान सम्बन्धी रुचि राख्ने विद्यार्थी, अनुसन्धानदाता, वैज्ञानिकहरूलाई नास्टको ई-लाइब्रेरी उपयोगी हुन सक्छ ।

नास्ट स्वयंले प्रकाशन गर्ने विज्ञान लेखमाला, नास्ट जर्नल, वार्षिक प्रतिवेदन लगायत विभिन्न अन्य विज्ञानसँग सम्बन्धी सामग्रीहरू ई-लाइब्रेरीमा राखिएको छ । आज हामी नास्टको यहीँ ई-लाइब्रेरी कसरी प्रयोग गर्ने भनेर जानकारी दिन जाँदै छौं:

-सबैभन्दा सुरुमा यहाँ क्लिक गर्नुहोस् । अथवा नास्टको वेबसाइटमा अन्तिमतिर रहेको ‘लाइब्रेरी अनलाइन क्याटलग’मा क्लिक गर्नुहोस् ।

-अब वेबसाइटको माथिल्लो भागमा तपाईंले होम, क्याटालग, नास्ट जर्नल, विज्ञान लेखमाला, ई-लाइब्रेरी, एनुअल रिपोर्ट र ओपन एक्सेस रिसोर्स शीर्षकहरू देख्न सक्नुहुन्छ ।  

 

-अब यीमध्ये तपाईंले कुनै एकमा क्लिक गर्न सक्नुहुन्छ । जस्तो:  नास्टले प्रकाशन गर्ने जर्नल हेर्न 'नास्ट जर्नल'मा क्लिक गर्नुहोस् । अलि तल जानुभयो भने त्यहाँ तपाईंले जर्नलका विभिन्न भागहरू देख्न सक्नुहुन्छ । त्यसमध्ये कुनै एकमा क्लिक गर्नुहोस् ।

-अब त्यस जर्नलको अङ्कमा प्रकाशित विभिन्न लेखहरूको शीर्षक तल देखिन्छ । तपाईंले यी अनुसन्धानात्मक लेख पढ्न भने  शीर्षकको ठीकमुनि शेयर जस्तो चिन्ह देखिन्छ । अब त्यसमा क्लिक गरे सो लेख खुल्छ ।

यो एउटा ‘डेमो’ मात्र हो । यसरी तपाईंले अन्य विषयहरू खोज्न सक्नुहुन्छ । त्यस्तै तपाईं आफैंले कुनै शब्द राखेर पनि खोज्न सक्नुहुन्छ । यसका लागि बायाँ र मध्य भागमा रहेको सर्च बक्स प्रयोग गर्न सक्नुहुन्छ ।

अझ तपाईंले शीर्षक, लेखक, प्रकाशक वा अन्य फिल्टर राखेर पनि सर्च गर्न सक्नुहुन्छ । यसका लागि ‘एड्भान्स सर्च’ वा ‘सर्च इन’मा क्लिक गर्नुपर्ने हुन्छ । 

यदि तपाईंलाई यहाँ भएका भन्दा बढी सामग्री चाहिएको छ भने माथि भएको 'ओपन एक्सेस रिसोर्स' प्रयोग गर्न सक्नुहुन्छ । त्यहाँ विभिन्न थेसिस, अनुसन्धानात्मक लेख, जर्नल, ईबुक आदिमा पहुँच पाउन सक्नुहुन्छ ।

हुन त नास्टको ई-लाइब्रेरी युजर फ्रेन्ड्ली त्यति धेरै छैन । सामग्री त्यति धेरै छैनन् । तर पनि यसले नास्टले प्रकाशन गर्ने किताबहरू किन्न नास्टको कार्यलयमा नै पुग्नु पर्ने बाध्यता भने हटेको छ ।

पछिल्लो अध्यावधिक: असोज १, २०८० ११:३१