close

वर्ल्डलिङ्कका ग्राहकलाई सामसङ उत्पादन खरिदमा साढे १५ हजारसम्म छुट

टेकपाना टेकपाना

असोज २०, २०८० १६:५५

वर्ल्डलिङ्कका ग्राहकलाई सामसङ उत्पादन खरिदमा साढे १५ हजारसम्म छुट

काठमाडौं । दशैं, तिहार र छठ पर्वकाे अवसरमा इन्टरनेट सेवाप्रदायक वल्डलिङ्क कम्युनिकेसन्सले सामसङका उत्पादनमा छुट दिने अफर ल्याएकाे छ । यसअन्तर्गत वर्ल्डलिङ्कका नयाँ तथा पुराना ग्राहकले सामसङका विभिन्न उत्पादनमा साढे १५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार सामसङको २३० लिटरको रेफ्रिजेरेटर, ५५ र ४४ इन्चको फोरके अल्ट्रा एचडी टेलिभिजन, फ्रन्ट लोडिङ वासिङ मसिन र सामसङ ए२४ एलटीई स्मार्टफोन (८/१२८ जीबी) मा चार हजारदेखि साढे १५ हजार रुपैयाँसम्म छुट पाइने छ । 

आगामी पुस १० गतेसम्म सञ्चालन हुने अफरमा कम्तीमा तीन महिना वा एक वर्षको इन्टरनेट शुल्क भुक्तानी गरेका ग्राहक योग्य हुनेछन् ।

सामसङ उत्पादनमा छुट पाउन सबैभन्दा पहिले इन्टरनेटका ग्राहकले नजिकैकाे वर्ल्डलिङ्ककाे शाखाबाट कुपन (भाउचर काेड) संकलन गर्नुपर्ने बताइएकाे छ । ​यो अफरबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: असोज २०, २०८० १७:२