close

एडोबीको ‘फायरफ्लाई’ मा अब शब्दकै भरमा आकर्षक फोटो, भेक्टर ग्राफिक्स र टेम्प्लेट बनाउन सकिने

टेकपाना टेकपाना

असोज २४, २०८० २०:३३

एडोबीको ‘फायरफ्लाई’ मा अब शब्दकै भरमा आकर्षक फोटो, भेक्टर ग्राफिक्स र टेम्प्लेट बनाउन सकिने

 

काठमाडौं । फोटो/भिडिओ एडिटिङका लागि चर्चित सफ्टवेयर कम्पनी एडोबीले आफ्नो जेनेरेटिभ एआई 'फायरफ्लाई' अन्तर्गत थप तीन मोडेल सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो वार्षिक ‘म्याक्स इभेन्ट’ (MAX event)को उपलक्ष्यमा यी माेडेल ल्याएकाे हाे ।

सार्वजनिक भएका एआई मोडेलहरूमा ‘फायरफ्लाई इमेज टु’, ‘फायरफ्लाई भेक्टर मोडेल’ र ‘फायरफ्लाई डिजाइन’ रहेका छन् ।

‘फायरफ्लाई इमेज टु’ पुरानो फायरफ्लाईको अपडेटेड भर्सन हो । यसमा पहिलेको भर्सनभन्दा अझै उच्च गुणस्तरको तस्वीर तयार पार्न सकिने कम्पनीकाे दाबी छ । त्यस्तै यस भर्सनमा तस्वीर तयार पार्दा छाला, कपाल, हात र अनुहारको भाव वास्तविक तस्वीर जस्तै पाउन सकिने बताइएकाे छ ।

फायरफ्लाई भेक्टर भने लेखेको अक्षर अर्थात् (प्रोम्ट)का आधारमा भेक्टर ग्राफिक्स तयार पार्ने एआई मोडेल हो । ग्राफिक्स डिजाइनको खेस्रा तयार पार्न तथा नयाँ विचार ल्याउन यो एआई मोडेल उपयोगी हुने कम्पनीको विश्वास छ ।

त्यस्तै तेस्राे अर्थात् फायरफ्लाई डिजाइन मोडेलमा अक्षर (प्रोम्प्ट)का आधारमा  विभिन्न टेम्प्लेट तयार पार्न सकिनेछ । कम्पनीका अनुसार यी तिनै मोडेलहरू फायरफ्लाईको वेबसाइटमा प्रयोग गर्न सकिने छ ।

हाल एडोबीले निकै आक्रामक शैलीमा आफ्ना चर्चित उत्पादनहरूमा एआई एकीकृत गर्न थालेको छ ।

पछिल्लो अध्यावधिक: असोज २४, २०८० २०:३७