close

तपाईंलाई कस्तो लाग्यो पठाओको नयाँ लोगो ?

टेकपाना टेकपाना

कात्तिक ८, २०८० ९:११

तपाईंलाई कस्तो लाग्यो पठाओको नयाँ लोगो ?

काठमाडौं । राइड सेयरिङ/हेलिङ प्लेटफर्म पठाओले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना सेवाका दायरा बढाउँदै जाँदा पुरानो लोगो परिवर्तन गरि बुधवार नयाँ लोगो सार्वजनिक गरेको हो ।
 
नयाँ लोगोमा नगवेली बाटो/सडक 'थिम'मा पठाओको पहिलो अङ्ग्रेजी अक्षर 'पि' लेखिएको छ । पहिलेको लोगोले राइड सेयरिङको अर्थ दिन्थ्यो भने नयाँ लोगोले समस्यादेखि समाधानको बाटोको अर्थ दिएको र यसले सबै सेवाहरूलाई सम्बोधन गर्ने पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए । 

झोला बोकेर दुईपाङ्ग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तनको नयाँ लोगो प्रयोगमा आएको छ । 

नेपालमा ५ वर्षमा ६ ओटा (पठाओ बाइक, पठाओ कार लाइट (ट्याक्सी), पठाओ फुड, पठाओ बजार, पठाओ टुकटुक, पठाओ पार्सल) सेवाहरू प्रदान गरिरहेको पठाओ आगामी दिनमा सेवा थप्दै सुपर एप बन्ने योजनामा रहेको बस्न्यातले सुनाए । 

केही समय अगाडि काठमाडौँ उपत्यकामा सुरु भएको 'पठाओ पार्सल'लाई देशव्यापी बनाउने र डिजिटल वालेट 'पठाओ पे' समेत सुरु गरिने यस अगाडि नै पठाओ नेपालले जानकारी गराइसकेको छ । लोगो परिवर्तनले सेवाग्राहीमा नयाँपनको आभास गराउने बस्न्यातको विश्वास छ । 

पठाओको नयाँ लोगो विश्वव्यापी रूपमा अक्टोबर २५ बुधवारदेखि लागू भैसकेको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८० ९:१५