close

साइबर आक्रमणका कारण च्याटजीपीटी डाउन !

टेकपाना टेकपाना

कात्तिक २३, २०८० १३:५४

साइबर आक्रमणका कारण च्याटजीपीटी डाउन !

काठमाडौं । विश्वका अधिकांश भागमा ओपनएआईको च्याटजीपीटी प्रभावित भएको छ । वेबसाइट डाउन भएको मूल्याङ्कन गर्ने वेबसाइट डाउन डिटेक्टरका अनुसार  नेपाली समय अनुसार बुधवार राति ८ बजेदेखि तीन घण्टासम्म वेबसाइट डाउन भएको थियाे ।

ओपनएआईको स्टेटस चेकरका अनुसार पछिल्लो समय सो प्लेटफर्म असामान्य ट्राफिकका कारण प्रभावित भएको हो । यो डीडएस (DDOS) अर्थात् डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस अट्याकका कारण भएको बताइएको छ ।

“यसलाई न्यूनीकरण गर्न हामीले निरन्तर काम गरिरहेका छौँ,” साइट डाउन भएपछि कम्पनीले एक विज्ञप्ति जारी गर्दै लेखेको छ । त्यसपछि कम्पनीले कुनै अपडेट दिएको छैन ।

सामाजिक सञ्जालका विभिन्न माध्यममा प्रयोगकर्ताले अहिले पनि च्याटजीपीटी नचलेकाे भन्दै गुनासाे गरिरहेका छन् ।

डीडस अट्याक यस्तो किसिमको आक्रमण हो, जहाँ कुनै पनि साइटमा असामान्य ट्राफिक पुर्‍याएर साइट प्रभावित पारिन्छ । ओपनएआईले भने साइट डाउन हुनुको प्रस्ट कारण खुलाएको छैन ।

च्याटजीपीटीमा आएको नयाँ फिचरका कारण बढी ट्राफिक आउँदा साइट डाउन भएको केहीको अनुमान छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८० १४:३