close

ईमेलमा आएको कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै लिक गर्ने २ शिक्षक पक्राउ

टेकपाना टेकपाना

बैशाख १७, २०८१ १९:६

ईमेलमा आएको कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै लिक गर्ने २ शिक्षक पक्राउ

काठमाडौं । परीक्षा अगावै प्रश्नपत्र लिक गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराका ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् । 

गण्डकी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले आइतबार पोखराको शिवशक्ति माध्यमिक विद्यालयका ती शिक्षकलाई पक्राउ गरेको हो ।

“अहिले परीक्षा हुनु अगाडि नै प्रश्नपत्र ईमेल मार्फत सम्बन्धित विद्यालयमा जाने रहेछ,” टेकपानासँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले भने, “एक जना सामाजिक र अर्को कम्प्युटर शिक्षकले प्रश्नपत्रको स्क्रिनशट लिएर लिक गरेको पाइएको छ ।”

पक्राउ परेका शिक्षकहरूबाट कक्षा १२ को थप उत्तरपुस्तिका आठ थान र मोबाइल फोन तीन थान बरामद गरिएको छ । उनीहरूमाथि शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८१ १९:६