close

विकृति रोक्न टिकटकमाथि रोक लगाएका हौंः सञ्चारमन्त्री शर्मा

टेकपाना टेकपाना

कात्तिक ३०, २०८० १८:३८

विकृति रोक्न टिकटकमाथि रोक लगाएका हौंः सञ्चारमन्त्री शर्मा

 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा टिकटकमाथिको प्रतिबन्ध विकृति रोक्ने सरकारको पछिल्लो प्रयास भएको बताएकी छिन् । प्युठान नगरपालिका अन्तर्गत रहेको पुण्यखोलामा आयोजित डल्ले सराय मेलाको  उद्घाटन गर्दै उनले यस्तो भनाई राखेकी हुन् । 

मौलिक संस्कृतिको संरक्षणका साथै विकृति विसङ्गति हटाउदै लैजानु पनि सरकारको दायित्व भएको उनको भनाई थियो । “टिकटकमा रोक लगाउनु विकृति रोक्ने सरकारको पछिल्लो प्रयास हो,” उनले भनेकी छिन्, “अन्य सामाजिक सन्जालको व्यवस्थापनका लागि पनि सामाजिक सन्जाल सम्बन्धी निर्देशिका जारी गरिएको छ र ऐन निर्माणको पनि तयारी थालिएको छ ।”

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८० १८:३९