close

च्याटजीपीटीमा निःशुल्क उपलब्ध भयो भ्वाइस च्याट सुविधा

टेकपाना टेकपाना

मंसिर ६, २०८० १२:११

च्याटजीपीटीमा निःशुल्क उपलब्ध भयो भ्वाइस च्याट सुविधा

 

काठमाडौं । प्रमुख कार्यकारी (सीईओ)बाट साम अल्टम्यानलाई हटाएको हप्ता दिन नबतित्दै ओपनएआईले च्याटजीपीटीमा नयाँ अपडेट ल्याएको छ । यसअगाडि प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध भोइस च्याटलाई सबै प्रयोगकर्ताका लागि नि:शुल्क उपलब्ध गराएको हो । ओपनएआईले आफ्नो एक्स अकाउन्टमा भिडिओ डेमोसहित एक पोस्ट गर्दै यस कुराको जानकारी दिएको छ ।

उक्त भिडिओमा प्रयोगकर्ताले प्रयोगकर्ताले कुनै प्रश्न सोधेको र च्याटजीपीटीले उत्तर दिएको सुन्न सकिन्छ । तर कतिपयले भने डेमो भिडिओमा सोधिएको प्रश्न ओपनएआईमा हालै भएका घटनाको व्यङ्ग्य भएको बताएका छन् । यद्यपि यो फिचर च्याटजीपीटीको मोबाइल एपमा मात्र प्रयोग गर्न सकिन्छ ।

यसअगाडि च्याटजीपीटी चलाउन पैसा तिरेका प्रयोगकर्ताले मात्र यो फिचर चलाउन पाउँथे । अब भने च्याटजीपीटी नि:शुल्क चलाइरहेका सबैले भोइस च्याट चलाउन पाउने भएका छ्न् । तर वेब भर्सनमा भोइस च्याट नभएकाले हालसम्म यो फिचर उपलब्ध छैन ।

ओपनएआईको यो फिचर प्रयोग गर्न च्याटजीपीटीको मोबाइल एपमा जानुहोस् । त्यसपछि प्रोम्ट बक्स नजिकैको दायाँ भागमा हेडफोनको चिन्ह देखिन्छ । त्यस चिन्हमा पहिलो पटक क्लिक गर्दा फिचरबारे सम्पूर्ण विवरण देखा पर्छ । जस्तो: आवाजको प्रकार छान्न सकिन्छ । त्यति गरेपछि तपाईं च्याटजीपीटी मार्फत आवाजबाटै कुराकानी गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८० १२:११