काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता विश्वकपलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको टेलिभिजन ब्रान्ड सेन्सेइले ‘सेन्सेइमा विश्वकप हेरौँला’ अफर सार्वजनिक गरेको छ । कम्पनीले नेपाली उपभोक्तालाई घरमै स्टेडियमको अनुभूति दिलाउने उद्देश्यका साथ ल्याएको यस योजनामा आकर्षक क्यासब्याक, थप वारेन्टीका साथै निःशुल्क एसी समेत जित्न सकिने छ ।
यस योजना अन्तर्गत सेन्सेइ टिभी खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत एसी जित्ने अवसर पाउनेछन् । साथै ग्राहकले अधिकतम २३ हजार ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अफरमा विशेष ‘२४ प्लस २४ महिना’ सर्भिस वारेन्टी पनि उपलब्ध हुनेछ । अर्थात् दुई वर्षसम्म उपलब्ध हुँदै आएको वारेन्टीको अवधिमा अरू दुई वर्ष थप गर्दै ग्राहकलाई चार वर्षसम्म टिभीमा वारेन्टी प्रदान गरिने उल्लेख छ ।
सेन्सेइ स्मार्ट टिभीमा फोरके अल्ट्रा एचडी डिस्प्ले, डल्बी अडियो तथा वेब ओएस स्मार्ट प्लेटफर्म जस्ता प्रविधि समावेश छन् । जसले विश्वकपका खेलहरू अझ स्पष्ट दृश्य र गुणस्तरीय ध्वनिसहित हेर्न सकिने कम्पनीको दाबी छ।
“विश्वकप हेर्ने मात्र होइन, प्रत्येक खेललाई स्टेडियमकै अनुभूति दिने हाम्रो लक्ष्य हो,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार अत्याधुनिक प्रविधि, विशेष वारेन्टी तथा उपहार योजनाले ग्राहकको मनोरञ्जन अनुभवलाई थप विशेष बनाउनेछ ।
कम्पनीका अनुसार यो योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म देशभर रहेका सिजी इलेक्ट्रोनिक्सका आधिकारिक शोरुम तथा डिलर नेटवर्कमार्फत लागू हुनेछ । जसमा ग्राहकले नागरिकता मात्रका आधारमा सरल ईएमआई सुविधामा पनि टिभी खरिद गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८३ १३:३२
