close

चन्द्रमामा निदाएको नौ दिनपछि ब्युँझियो जापानी यान

टेकपाना टेकपाना

माघ १५, २०८० १९:२९

चन्द्रमामा निदाएको नौ दिनपछि ब्युँझियो जापानी यान

 

काठमाडौं । चन्द्रमामा अवतरण भएसँगै निष्क्रिय भएको जापानको अन्तरिक्ष यान स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन मुन (स्लिम) ले पुन: काम गर्न थालेको छ । सौर्य प्यानलले काम गर्न छोडेको नौ दिनपछि यानले पुनः काम गर्न थालेको हो ।

गत २० जनवरीमा चन्द्रमाको सतहमा अवतरण गर्न सफल भएपनि विद्युत् उत्पादन गर्न नसक्दा यानलाई ‘स्लिपमोड’ (निन्द्राको मुद्रा) मा राखिएको थियो । जापानको अन्तरिक्ष एजेन्सी ज्याक्साले सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै यानसँग सम्पर्क स्थापित भएको जानकारी दिएको हो ।​

ज्याक्साका अनुसार सक्रिय भएको यानबाट अब चन्द्रमाको अवलोकन तथा चन्द्रमाबारे थप जानकारी सङ्कलन गरिनेछ । मुन स्‍नाइपर नामले समेत चिनिने यस यानको सफल अवतरणसँगै अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारतपछि जापान चन्द्रमाको सतहमा पुग्ने पाँचौँ देश बनेको थियो ।

त्यस्तै निर्धारित लक्ष्यभन्दा १०० मिटरभित्र यानलाई चन्द्रमामा अवतरण गराएर ज्याक्साले ल्यान्डिङ प्रविधिमा नयाँ सफलता हात पारेको थियो । जुन यस मिसनको मुख्य लक्ष्य पनि हो । 

यसबाट चन्द्रमामा चाहेको ठाउँमा यानलाई अवतरण गराउन सजिलो हुने ज्याक्साले जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ १५, २०८० १९:२९