close

राइड शेयरिङलाई नेपाल सरकारले दियो उद्योग तथा सेवाको मान्यता

टेकपाना टेकपाना

माघ २३, २०८० १२:१७

राइड शेयरिङलाई नेपाल सरकारले दियो उद्योग तथा सेवाको मान्यता

काठमाडौं । सरकारले पहिलो पटक राइड शेयरिङलाई उद्योगको मान्यता दिएको छ । १८ माघमा राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राइड शेयरिङ सेवालाई मान्यता दिएको हो ।

औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गर्दै राइड शेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिइएको मन्त्रालयले जनाएको छ ।

यस अनुसार ऐनको दफा ६५ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको अनुसूची ८ मा क्रमसंख्या ६६ थप्दै राइड शेयरिङ सेवा सम्बन्धी व्यवस्था गरिएको छ ।

यससँगै सरकारले उद्योगको दर्ता, नियमन सम्बन्धी कामकारबाहीलाई सरल बनाउन आवश्यकता अनुसार निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्नसक्ने बताइएको छ । 

राइड शेयरिङले उद्योगको मान्यता नपाउँदा यो क्षेत्रमा विभिन्न कानूनी अड्चन आउने गरेको थियो । अब भने उद्योग दर्ता गरी व्यवसाय सञ्चालन गर्ने कानूनी बाटो खुलेको छ ।

पछिल्लो अध्यावधिक: माघ २३, २०८० १२:३८