close

अमेरिकाको स्थायी आवासीय अनुमति लिने सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बर्खास्त

टेकपाना टेकपाना

फागुन ६, २०८० २१:४

अमेरिकाको स्थायी आवासीय अनुमति लिने सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बर्खास्त

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाएको छ । अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति (एलआरपी) लिएको पाइएपछि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गरेको हो ।

यसअघि नै भ्रष्टाचार प्रकरणमा पौडेल उक्त पदबाट निलम्बनमा परिसकेका थिए । सुरक्षण मुद्रण केन्द्रको नेतृत्वमा रहँदा ६९ करोड आठ लाख ८१ हजार ८५४ रुपैयाँ भ्रष्टाचारको गरेको आरोपमा बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 
अदालतमा उक्त मुद्दा विचाराधीन रहेकै बेला पौडेलले गैरकानूनी बाटोबाट अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेपछि अख्तियारले माघ १० मा हिरासतमा लिई उनीमाथि अनुसन्धान गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०८० २१:११