close

नेपालमा आधिकारिक रूपमा दर्ता भयो भाइबर

टेकपाना टेकपाना

फागुन ३०, २०८० १४:५०

नेपालमा आधिकारिक रूपमा दर्ता भयो भाइबर

 

काठमाडौं । मेसेजिङ एप राकुटेन​ भाइबर नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ । २४ फागुनमा दर्ताको सबै प्रक्रिया पूरा गरेर भाइबर नेपालमा दर्ता भएको हो । 

सामाजिक सञ्जाल व्यवस्थापन इकाई संयोजक रमेश पाण्डेयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनेकाे निर्देशिका बमोजिम भाइबर दर्ता भएको जानकारी दिए ।

पाण्डेयका अनुसार स्न्यापच्याट, लिङ्क्डइन लगायतका सामाजिक सञ्जाल प्लेटफर्म पनि दर्ताको प्रक्रियामा रहेका छन् । “उनीहरूले उपलब्ध गराएका डकुमेन्टमा थप पुस्ट्याइँ आवश्यक भएकाले थप डकुमेन्ट मगाएका छौं,” उनले ​टेकपानासँग भने । 

पछिल्लो अध्यावधिक: फागुन ३०, २०८० १४:५०