close

एपमा एआई प्रयोग गर्दै हाम्रोपात्रो, समाचार पढ्न थप सजिलो हुने

टेकपाना टेकपाना

चैत १, २०८० १४:३

एपमा एआई प्रयोग गर्दै हाम्रोपात्रो, समाचार पढ्न थप सजिलो हुने

काठमाडौं । चर्चित नेपाली एप हाम्रोपात्रोले समाचार खण्डमा महत्त्वपूर्ण अपडेट ल्याउने तयारी गरेको छ । प्रयोगकर्ताहरूका लागि थप सटीक र सूचनामूलक समाचार अनुभव प्रदान गर्न एपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग हुन लागेको हाम्रोपात्रोका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर उप्रेतीले बताएका छन् ।

बिहीवार फेसबुकमा एक पोस्ट राख्दै उनले आगामी अपडेट एआई इन्टिग्रेसनसहित आउने जानकारी दिए । यसका लागि एपमा लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) र भेक्टर डेटावेस प्रयोग गर्न लागिएको उनले बताए ।

उनका अनुसार एलएलएम र भेक्टर डेटावेसको प्रयोगले समाचार लेखहरू खोज्ने, वर्गीकरण गर्ने र संक्षेप गर्ने एपको क्षमतामा उल्लेखनीय सुधार हुनेछ ।

सीईओ उप्रेतीले एपमा एलएलएम विकासकर्ता ओपनएआई र भेक्टर डेटावेसको प्रविधि प्रयोग हुने बताएपनि विस्तृतमा जानकारी दिएका छैनन् ।

नयाँ अपडेटपछि प्रयोगकर्ताले एपभित्र थप व्यवस्थित र व्यक्तिगत समाचार अनुभव पाउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत १, २०८० १४:१२