close

१८ हजार रुपैयाँमै ८ जीबी र्‍याम भएको रियलमी स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

चैत ८, २०८० १२:१२

१८ हजार रुपैयाँमै ८ जीबी र्‍याम भएको रियलमी स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा रियलमीको ‘नार्जाे एन ५३’ को नयाँ भेरियन्ट भित्रिएको छ । कम्पनीले हालै ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको भेरियन्ट उपलब्ध गराएको हो, जसका लागि १७ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ ।

५० मेगापिक्सलको मुख्य क्यामेरा रहेको नार्जाे एन ५३ मा सेल्फीका लागि ८ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको छ ।

त्यस्तै यसमा ५००० एमएएचको ब्याट्री छ । कम्पनीका अनुसार ३३ वाटको फास्ट चार्जिङबाट ३१ मिनेटमा ५० प्रतिशत चार्ज हन्छ ।

७.४९ एमएम मोटाइ भएको नार्जाे एन ५३ लाई कम्पनीले सबैभन्दा पातलो फोनमध्यको एक रहेको दाबी गरेको छ ।

फोनको लम्बाइ १६७.३ एमएम, चौडाइ ७६.७ एमएम र तौल १८२ ग्राम रहेको छ । फिङ्गर सेन्सर पावर बटनमा रहेको यस फोनमा ३.५ एमएमको हेडफोन ज्याक, माइक्रोफोन र यूएसबी टाइप-सी पोर्टसमेत रहेको छ ।

युनिसक टाइगर टी ६१२ चीपसेट रहेको यस नार्जाे एन ५३ मा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ । 

त्यसैगरी चिपसेटमा १२ एनएम प्रोसेस नोड र १.८ गिजाहर्ज पावरसहित ग्राफिक्सका लागि माली जी–५७ जीपीयू रहेको छ । 

 

 

पछिल्लो अध्यावधिक: चैत ८, २०८० १२:१२