close

नयाँ वर्षको शुभकामना दिन यसरी निःशुल्क प्रयोग गर्नुहोस् हाम्रो पात्रोको ई-कार्ड

टेकपाना टेकपाना

चैत ३०, २०८० १८:२६

नयाँ वर्षको शुभकामना दिन यसरी निःशुल्क प्रयोग गर्नुहोस् हाम्रो पात्रोको ई-कार्ड

काठमाडौं । नेपाली एप हाम्रो पात्रोले विभिन्न चाडपर्व तथा दिवसलाई लक्षित गर्दै ई-कार्ड उपलब्ध गराउने गर्छ । स्मार्टफोन तथा इन्टरनेट नभएको समयमा नेपालीहरू शुभकामना आदानप्रदान गर्न विभिन्न कार्ड तथा पोस्टरमा सन्देश लेखेर हुलाक मार्फत पठाउँथे । त्यसैलाई डिजिटल स्वरूपमा लिनका लागि हाम्रो पात्रोले डिजिटल कार्ड उपलब्ध गराइरहेको छ । 

हाम्रो पात्रोले उपलब्ध गराउने त्यस्ता कार्डमा चाडपर्व तथा विभिन्न दिवसहरूको आकर्षक डिजाइन राखिएको हुन्छ । त्यही डिजाइनमा आफ्नो नाम र सन्देश राखेर त्यसलाई फोटोका रूपमा डाउनलोड गरी आफूले चाहेको व्यक्तिलाई पठाउन सकिन्छ । कतिपयले त्यस्ता ई-कार्ड सामाजिक सञ्जालमा पोस्टका रूपमा पनि राख्ने गर्छन् । 

शनिबार नयाँ वर्ष २०८१ सुरु हुँदैछ । त्यसैका अवसरमा तपाईं आफ्ना प्रियजनलाई शुभकामना पोस्टर पठाउन सक्नुहुन्छ । आज हामी हाम्रो पात्रोमा भएको ई-कार्डमा कसरी आफ्नो नाम र शुभकामना सन्देश राखेर पठाउने भन्ने विषयमा जानकारी दिंदैछौं:

-सबैभन्दा पहिले हाम्रो पात्रो एप खोल्नुहोस् ।

- त्यसपछि माथि बायाँपट्टि रहेको तीन ओटा बारमा ट्याप गर्नुहोस् । 

- त्यसपछि त्यहाँ देखाइएका अप्सनलाई माथि सारेर ई-कार्ड्स (E-cards) को अप्सन छान्नुहोस् । (वा सोझै होमपेजमा हाम्रा सेवाहरू भन्ने सेक्सनबाट ई-कार्ड्सको अप्सन छान्न सक्नुहुन्छ )

- त्यहाँ देखाइएका मध्ये आफूलाई मन परेको कार्ड्स छान्नुहोस् । 

- कार्ड खुलिसकेपछि त्यहाँ सन्देश र आफ्नो नाम राख्ने बक्स राखिएको हुन्छ । सन्देश र आफ्नो नाम राखिसकेपछि ‘क्रियट कार्ड’ को बटनमा ट्याप गर्नुहोस् । 

- यति भएपछि तपाईंले सो कार्ड विभिन्न माध्यमबाट शेयर गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०८० १८:२६