close

महावीर पुनको पुस्तक ६ महिनामै ८० हजार प्रति बिक्री, आम्दानी ५ करोड

टेकपाना टेकपाना

बैशाख ५, २०८१ ९:५

महावीर पुनको पुस्तक ६ महिनामै ८० हजार प्रति बिक्री, आम्दानी ५ करोड

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तक ८० हजारभन्दा बढी प्रति बिक्री भएको छ । गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ पुस्तक ६ महिनाको अवधिमा यो सङ्ख्यामा बिक्री भएको हो ।

सामाजिक सञ्जालमा एक पोस्ट राख्दै पुनले पुस्तक बिक्रीबाट पाँच करोड रुपैयाँ जति कमाइ भएको जानकारी दिएका छन् । पुस्तक बिक्री गरेर आएको आम्दानीले वीरगञ्जमा रहेको कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने उनको योजना छ ।

कसैले विश्वास गर्दै नगर्दा पनि आफूले आफ्नो आत्मकथाको किताब बेचेर ३० वर्षसम्म बन्द भएको उक्त कवाडी कारखाना चलाउन सकिन्छ भनेर ढिपी गरिरहेको उनले उल्लेख गरेका छन् ।

पुनले १०० दिनसम्म विभिन्न २८ जिल्ला पुगेर पुस्तक बिक्री गरेका थिए । पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ । उनको पुस्तक विदेशमा पनि बिक्री भइरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८१ ९:२५