close

हरियो धर्सो देखिने फोनमा नि: शुल्क स्क्रिन फेरिदिंदै सामसङ, नेपालमा के हुन्छ ?

टेकपाना टेकपाना

बैशाख १०, २०८१ १४:३५

हरियो धर्सो देखिने फोनमा नि: शुल्क स्क्रिन फेरिदिंदै सामसङ, नेपालमा के हुन्छ ?

काठमाडौं । पुराना फोनमा अपडेट गरेपछि देखिएको हरियो धर्सोको समस्या समाधान गर्न सामसङले नि:शुल्क स्क्रिन परिवर्तन गरिदिने भएको छ । फोनको वारेन्टी सकिसकेको भए पनि हरियो धर्सो देखिए सामसङ इन्डियाले नि:शुल्क स्क्रिन परिवर्तन गरिदिने भएको हो ।

सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा, एस २१ एफई मोडेल जस्ता पुराना फ्ल्यागशीप फोनमा यो समस्या बढी देखिएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यममा पोस्ट राख्दै प्रयोगकर्ताले फोन अपडेट गरेपछि एक्कासि हरियो लाइन देखिएको गुनासो गरेका थिए । धेरै प्रयोगकर्ताले यस विषयमा गुनासो गरेपछि सामसङले समस्या समाधान गर्ने प्रतिबद्धता गरेको थियो । 

सोही क्रममा सामसङ इन्डियाले समस्या समाधान गर्न यस्तो कदम चालेको एन्ड्रोइड अथोरिटीले उल्लेख गरेको छ । यस अन्तर्गत एस २० सिरिज, नोट २० अल्ट्रा, एस २१ सिरिज (एक्सक्लुडेड एफई) र एस २२ अल्ट्रा (एस - एस ९०८ ई) मोडलमा यो सेवा उपलब्ध हुनेछ । 

भारतमा मात्र लागु हुने यो अफर ३० अप्रिलसम्म मात्र सक्रिय हुने सामसङ इन्डियाले जनाएको छ । यद्यपि यो अफरमा सहभागी हुन भने फोन खरिद गरेको तीन वर्ष कटेको हुन हुँदैन । त्यस्तै अन्य देशमा पनि यो अफर हुन्छ/हुन्न भनेर भने सामसङले केही पनि बताएको छैन । नेपालमा भने परिस्थिति अनुसार ग्राहकलाई यो सेवा उपलब्ध गराउने सामसङ नेपालको भनाइ छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८१ १४:३५