close

प्राविधिकतर्फ नेपाली सेनाले माग्यो १४७ कर्मचारी, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

बैशाख १४, २०८१ १२:१८

प्राविधिकतर्फ नेपाली सेनाले माग्यो १४७ कर्मचारी, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नेपाली सेनाले प्राविधिकतर्फ १४७ कर्मचारी माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले शुक्रवार एक सूचना प्रकाशित गर्दै हवाई, पदिक तथा बिल्लादार पदहरूको दरखास्त आह्वान गरेको हो ।

इच्छुकले आउँदो जेठ १९ गते आवेदन दिनसक्ने छन् । 

योग्यता पुगेको नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी सोको हार्डकपी प्रिन्ट आउट गरी केन्द्रमा बुझाउने वा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८१ १२:१८