close

भारतबाट भन्सार छली गरी ल्याइएका ८ लाख बराबरका मोबाइल डिस्प्ले बरामद

टेकपाना टेकपाना

बैशाख २०, २०८१ १२:२

भारतबाट भन्सार छली गरी ल्याइएका ८ लाख बराबरका मोबाइल डिस्प्ले बरामद

काठमाडौं । भारतबाट भन्सार छली गरी ल्याइएका ८ लाख रुपैयाँ बराबरका मोबाइल डिस्प्ले बरामद भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार नेपालगञ्जबाट करिब यी डिस्प्ले बरामद गरेको हो ।

“भारतबाट भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएका मोबाइल डिस्प्ले बरामद गरिएको छ,” कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ । कार्यालयबाट खटिएको टोलीले भन्सार छली गरी ल्याइएका ४०० पिस डिस्प्ले बरामद गरेको हाे । 

डिस्प्ले भित्र्याउने व्यक्तिमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८१ १२:७