close

पोखरामा एटीएम फोडिरहेको अवस्थामा एक जना पक्राउ

टेकपाना टेकपाना

असार १९, २०८१ १२:१६

पोखरामा एटीएम फोडिरहेको अवस्थामा एक जना पक्राउ

काठमाडौं । एटीएम फोड्न खोज्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय (जिप्रका) कास्की मातहतको वडा प्रहरी कार्यालय बैदानबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान एटीएम फोड्न लागेको अवस्थामा एक जनालाई फेला पारी नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा धादिङ सिद्वलेख गाउँपालिका घर भई हाल पोखरा बस्दै आएका २३ वर्षीय रुपेश नेपाली रहेका छन् । कार्यालयलाई बिहान साढे दुई बजेतिर पोखरा जिरो किलोमिटरमा रहेको एनएमबी बैंकको एटीएममा एक व्यक्ति प्रवेश गरी फोड्न खोजेको भन्ने सूचना प्राप्त भएको थियो ।

उक्त सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले नेपालीलाई एटीएम फोड्दै गरेको अवस्थामा फेला पारेको जिप्रका कास्कीले जनाएको छ ।

उनीमाथि कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १९, २०८१ १२:१६