close

होस्टेल छिरेर ल्यापटप, स्मार्टफोन र गितार चोरी गर्ने २ जना पक्राउ

टेकपाना टेकपाना

मंसिर ३, २०८१ ८:४६

होस्टेल छिरेर ल्यापटप, स्मार्टफोन र गितार चोरी गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेमा रहेको नेपाल ब्वाइज होस्टेलबाट ल्यापटप र स्मार्टफोन चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ घर भई काठमाडौं बस्दै आएका २१ वर्षीय भीमबहादुर सिंह र कुम्भराज उपाध्याय रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई नयाँबानेश्वरबाट पक्राउ गरेको हो । कार्यालयका अनुसार उनीहरू होस्टेलमा आफन्त भेट्ने बहाना बनाएर प्रवेश गर्थे । त्यसपछि ल्यापटप र अन्य महत्त्वपूर्ण उपकरण चोर्थे । 

प्रहरीका अनुसार उनीहरूले होस्टेलबाट एसर, एप्पल, लेनोभो लगायत ब्रान्डका ल्यापटप चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यसबाहेक उनीहरूले तीन ओटा स्मार्टफोन र एउटा गितार पनि चोरेको देखिएको छ ।

उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८१ ८:५०