close

सामाजिक सञ्जालमा भ्रामक सूचना शेयर गरे कारबाही हुन्छः साइबर ब्युरो

टेकपाना टेकपाना

भदौ २०, २०८१ १५:४३

सामाजिक सञ्जालमा भ्रामक सूचना शेयर गरे कारबाही हुन्छः साइबर ब्युरो

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लेटफर्मबाट भ्रामक सूचना र गलत तथ्यहरूको प्रसार बढ्दै गइरहेको भन्दै साइबर ब्युरोले सजग रहन अनुरोध गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै ब्युरोले सर्वसाधारणलाई भ्रामक सूचनाबाट जोगिन तथा त्यस्ता सामग्री शेयर नगर्न अनुरोध गरेको हो ।

नागरिकहरू जानीनजानी यस्तो गतिविधिमा संलग्न हुँदा सामाजिक सद्भाव खलबलिने तथा समाजमा उदण्डता र अस्थिरता निम्तिन सक्ने भन्दै ब्युरोले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । सूचना तथा प्रविधिको जिम्मेवार प्रयोग नगरे कानुनी कारवाहीको सामना गर्नुपर्ने ब्युरोले चेतावनी दिएको छ ।

“कानुनको अज्ञानता कुनै पनि अवस्थामा क्षम्य हुँदैन । त्यसैले नागरिकहरूलाई सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूको मर्यादित र जिम्मेवार प्रयोग गर्न आग्रह गर्दछौं," ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

 

पछिल्लो अध्यावधिक: भदौ २०, २०८१ १५:४३