close

एनपीएल अवधिभर ओमोडा तथा जेइको ईभी बुकिङ गर्नेलाई विशेष छुट र अफर

टेकपाना टेकपाना

मंसिर २०, २०८१ १०:१

एनपीएल अवधिभर ओमोडा तथा जेइको ईभी बुकिङ गर्नेलाई विशेष छुट र अफर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘ड्रिभन बाइ’ सह-प्रायोजक ओमोडा एन्ड जेइको नेपालले ‘एनपीएल सिजन, डिल्स इन मोसन’ योजना ल्याएको छ । यसअन्तर्गत ओमोडा एन्ड जेइकोका गाडी खरिद गर्ने ग्राहकका लागि विशेष छुट र अफर उपलब्ध गराइएको छ ।

कम्पनीका अनुसार ओमोडा ई-फाइभ वा जेइको जे-सिक्स बुकिङ गर्ने ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, ७ किलोवाट क्षमताको चार्जर, अटो प्लस कम्प्रिहेन्सिभ बीमा तथा आर्थिक वर्ष २०८१/८२ का लागि निःशुल्क सडक कर जस्ता सुविधाहरू पाउनेछन् ।
 

ओमोडा ई-फाइभ, ४३० किलोमिटर डब्लुएलटिपि रेन्ज भएको पूर्ण-विद्युतीय एसयूभी हो । यसले उत्कृष्ट डिजाइन, प्रविधि र सुविधाका लागि उच्च मान्यता पाएको कम्पनीको दाबी छ । त्यस्तै, जेइको जे-सिक्स ४०० किलोमिटर डब्लुएलटिपी रेन्ज भएको ‘फोर बाइ फोर’ अफ-रोडर एसयूभी हो, जुन आकर्षक डिजाइन र कम्प्याक्ट अल-अलुमिनियम बडीका लागि प्रसिद्ध छ ।

यो योजना आगामी ६ पुससम्म लागू हुनेछ, जसका लागि केही नियम र सर्तहरू लागु हुनेछन् ।

यसैबीच ओमोडा एन्ड जेइकोका वितरक एसपीजी अटोमोबाइल्सको अभिभावक कम्पनी शारडा ग्रुपले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेट खेलाडीलाई ओमोडा इफाइभको डिलक्स भेरियन्ट पुरस्कारस्वरूप प्रदान गर्ने घोषणा गरेको छ । यो गाडीको बजार मूल्य ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


 

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८१ १०:१