close

ह्वाट्सएपले ल्यायो कसैले टाइप गर्दा थाहा दिने ‘इन्डिकेटर’ फिचर

टेकपाना टेकपाना

मंसिर २१, २०८१ १२:१६

ह्वाट्सएपले ल्यायो कसैले टाइप गर्दा थाहा दिने ‘इन्डिकेटर’ फिचर

काठमाडौं । मेटाको मेसेजिङ एप ह्वाट्सएपले ‘टाइपिङ इन्डिकेटर’ फिचर सार्वजनिक गरेको छ । कुनै प्रयोगकर्ताले टाइप गरिरहेको अवस्थामा च्याट स्क्रिनको तल तीन वटा बाउन्सिङ डट्स (‘...’) को एनिमेसन देखाउने गरी ह्वाट्सएपले यो फिचर ल्याएको हो । यसमा टाइप गरिरहेका व्यक्तिको प्रोफाइल फोटो पनि देखिनेछ ।

कम्पनीका अनुसार ग्रुप वा पर्सनल दुवै च्याटमा यो फिचर उपलब्ध ‍छ । विशेषगरी ग्रुप च्याटमा धेरै व्यक्तिहरू एकैपटक टाइप गरिरहेको समयमा यो फिचर उपयोगी हुन्छ ।

मेटाकै मेसेन्जर, इन्स्टाग्राम, एप्पलको आईमेसेज आदिमा यो फिचर उपलब्ध भइसकेको छ । यसअघि, गत महिना मात्र कम्पनीले भ्वाइस मेसेज ट्रान्सक्रिप्सनको फिचर सार्वजनिक गरेको थियो । यसले प्रयोगकर्तालाई प्राप्त भ्वाइस मेसेजलाई टेक्स्टका रूपमा हेर्न सहज बनाउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८१ १२:२०