काठमाडौं । बुद्धिचाल अथवा चेस शताब्दीयौंदेखि चलिआएको खेल हो । नेपालमा समेत यो खेल लोकप्रिय छ । यो दुई खेलाडीबीच खेलिने बौद्धिक खेल हो ।
पहिले चेस खेल्न बोर्ड र गोटी लिएर हिँड्नुपर्ने बाध्यता थियो । तर, प्रविधिको विकाससँगै अब मोबाइल एप र वेबसाइटमार्फत सजिलै चेस खेल्न सकिने भएको छ । चेस सिक्नका लागि पनि अब खेलाडीकै भर पर्नु नपर्ने समय आएको छ । विभिन्न एपहरूले चेस सिक्ने प्रक्रियालाई सजिलो बनाएका छन् ।
आज हामी चेस सिक्नका लागि उपयोगी पाँच उत्कृष्ट प्लेटफर्मबारे जानकारी दिन्छौं:
१. Chess - Play and Learn
Chess.com ले प्रस्तुत गरेको यो प्लेटफर्म चेस खेल्न र सिक्नका लागि उत्कृष्ट मानिन्छ । यसमा मोबाइल एप र वेबसाइट दुवै उपलब्ध छन् । १० करोडभन्दा बढी खेलाडी रहेको यो प्लेटफर्ममा कम्प्युटर बट र वास्तविक प्रयोगकर्तासँग खेल्न सकिन्छ । साथै, चेससम्बन्धी विभिन्न टिप्सहरू पनि उपलब्ध छन् । तर, यो प्लेटफर्म अफलाइन चल्दैन।
Lichess पनि चेस खेल्न र सिक्नका लागि लोकप्रिय प्लेटफर्म हो । Chess.com जस्तै यसमा पनि धेरै खेलाडीहरू उपलब्ध छन् । अकाउन्ट बनाएपछि खेल ट्र्याक गर्न र आफ्नो स्तरअनुसारका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न सकिन्छ ।
साधारण चेसको परम्परागत प्रारूपभन्दा फरक यस प्लेटफर्म चेस सिक्न चाहनेका लागि उपयोगी छ । यसमा विभिन्न गोटीहरूको अनौठो सेटअपका कारण खेलाडीलाई नयाँ शैली र रणनीति सिक्न सजिलो हुन्छ ।
चेस खेल्न सिक्दै हुनुहुन्छ भने Dr. Wolf प्लेटफर्म तपाईंका लागि उत्कृष्ट हुनेछ । यसले व्यक्तिगत कोचको रूपमा चेस सिकाउन मद्दत गर्छ । यहाँ ५० भन्दा बढी कोर्स, अडियो कोचिङ, गल्ती सुधार र अन्य उपयोगी फिचरहरू उपलब्ध छन्।
नाम जस्तै यो प्लेटफर्म थ्रीडी ग्राफिक्ससहित चेस खेल्नका लागि उत्कृष्ट छ । यसमा अनलाइन ट्युटोरियल र मल्टिप्लेयर मोडजस्ता फिचर उपलब्ध छैनन्, तर वास्तविक बोर्डमा चेस खेलिरहेको जस्तो अनुभव दिन्छ । यसमा एआई र मानव खेलाडीसँग खेल्न सकिन्छ ।