close

के तपाईँलाई थाहा छ नेपाल टेलिकमको मोबाइल एप डाउनलोड गर्दा निःशुल्क पाइन्छ १ जीबी डेटा ?

टेकपाना टेकपाना

पुस १५, २०८१ ९:३९

के तपाईँलाई थाहा छ नेपाल टेलिकमको मोबाइल एप डाउनलोड गर्दा निःशुल्क पाइन्छ १ जीबी डेटा ?

काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप डाउनलोड गर्दा एक जीबी डेटा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । यद्यपि यस्तो सुविधा पहिलो पटक एप डाउनलोड गरी लगइन गर्दाका बखत मात्र पाइन्छ ।

एनटी एप (NT App) नाम दिइएको यो एपमा चालु अवस्थामा बाँकी रहेको डेटा तथा भ्वाइस प्याक र त्यसको अवधि, ब्यालेन्स, ड्यु (पोस्टपेडको हकमा), प्याक खरिद गर्ने र रिचार्ज गर्ने सुविधाहरू उपलब्ध छन् । यति मात्र नभएर यसमा तपाईँले फोरजी एक्टिभेसन, ब्यालेन्स ट्रान्सफर, कस्टमर केयर, सिम कसको नाममा छ भन्ने जानकारी, कल वेटिङ एक्टिभेट, कल फर्वार्डिङ, आईएसडी कल एक्टिभेसन, मिसकल अलर्ट जस्ता सुविधा पनि पाउन सक्नु हुन्छ ।

यसैगरी कम्पनीले दिने विभिन्न सेवाहरू, प्याकेज गिफ्ट गर्ने सुविधा, डेटा, भ्वाइस, एसएमएस र प्याकेज प्रयोगको हिस्ट्री (डिटेल), एफटीटीएच इन्टरनेटका लागि ड्याशबोर्ड पनि मोबाइल एपमै दिइएको छ । यस बाहेक नेपाल टेलिकमको मोबाइल एपमै नमस्ते पे डिजिटल वालेटको सुविधा लिन सकिने व्यवस्था समेत कम्पनीले मिलाएको छ ।

भ्यास सर्भिस र ट्यारिफ (सेवाको दररेट) सम्बन्धी जानकारी, टेलिकमका विभिन्न कार्यालय तथा कर्मचारीका सम्पर्क नम्बर पनि मोबाइल एपबाटै हेर्न सकिने व्यवस्था मिलाइएको छ । नेपाल टेलिकमको एनटी एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् अनि आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: पुस १५, २०८१ ९:३९