काठमाडौं । आईटी ट्रेनिङ इन्स्टिच्युट डब्लूओएम एकेडेमीले तीन दिने डिजिटल सीप विकास सम्बन्धी वर्कशप आयोजना गर्ने भएको छ । राम्रो आम्दानी हुने डिजिटल सीप प्रदान गर्ने उद्देश्यले आउँदो ९ देखि ११ माघसम्म यो वर्कशप सञ्चालन गर्न लागिएको हो ।
डब्लूओएम एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर क्षेत्रीले यसअघि आयोजना गरिएका यस्तै वर्कशपमा ७०० भन्दा बढी सहभागी भएको जानकारी दिए ।
“हामीले विशेषगरी डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, एसईओ, वर्डप्रेस डेभलपमेन्टजस्ता विषयमा तालिम प्रदान गर्न यो वर्कशप आयोजना गरेका हौं,” क्षेत्रीले भने, “यो वर्कशप उद्यमशील व्यक्तिहरूका लागि व्यवसाय विस्तार गर्न र नयाँ सीप सिक्न चाहनेहरूका लागि उपयुक्त हुनेछ ।”
वर्कशप माघ ९ देखि प्रत्येक दिन दिउँसो १ बजेबाट थापाथलीस्थित डब्लूओएम एकेडेमीको पाँचौं तलामा सञ्चालन हुनेछ । प्रत्येक दिन डेढ घण्टासम्म वर्कशप चल्नेछ । क्षेत्रीका अनुसार पहिलो दिन सहभागीलाई डिजिटल मार्केटिङ र ग्राफिक्स डिजाइनिङको कोर्स सिकाइनेछ । त्यस्तै दोस्रो दिन एसईओ र वर्डप्रेस डेभलपमेन्ट सिकाइनेछ भने अन्तिम दिन उद्यमशीलता र सेवा वा वस्तु विक्रीका लागि आवश्यक पर्ने आधारभूत सीप प्रदान गरिने छ ।
वर्कशपमा सहभागी हुन इच्छुकले यहाँ क्लिक गरी रजिस्टर गर्नुपर्नेछ, जसका लागि ५६० रुपैयाँ शुल्क तोकिएको छ ।
सीईओ क्षेत्रीका अनुसार वर्कशपका सहभागीले सर्टिफिकेटका साथै सधैंका लागि क्यान्भाको प्रिमियम सब्सक्रिप्सन (स्टुडेन्ट सब्सक्रिप्सन) पाउनेछन् । यो एक्सेस पाएपछि क्यान्भाका विभिन्न प्रिमियम फिचर प्रयोग गर्न सकिन्छ ।
त्यस्तै, वर्कशपमा सहभागीले विभिन्न आईटी कम्पनीमा इन्टर्नशिपको सुविधा समेत पाउनेछन् भने करिअर काउन्सिलिङको व्यवस्था गरिने छ । कतिपय आईटी कोर्समा सहभागीले आफ्नो आवश्यकता अनुसार छुटका लागि अनुरोध गर्न सक्ने क्षेत्रीले बताए ।